आइपीएलः रोहित शर्मालाई १२ लाख जरिवाना

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सका कप्तान रहेका रोहित शर्माले १२ लाख जरिवाना तिर्नुपर्ने भएको छ । शनिबार किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा ‘स्लो ओभर’ गरेकाले रोहितले १२ लाख जरिवाना तिनुपर्ने भएको हो ।

जारी लिगमा ‘स्लो ओभर रेट’ कारण जरिवाना तिराइएको यो पहिलो घटना हो । खेल सकिएपछि अम्पायरले भने, ‘रोहितको टिमले आचार संहिता विपरित काम गरेकाले उनलाई १२ लाख जरिवाना गरिएको हो । जारी सिजनमा याे पहिलाे घटना हाे ।’

यो खेलमा पन्जावसँग मुम्बई ८ विकेटले पराजित भएको थियो । टस हारेर ब्याटिङ गर्दै मुम्बईले १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्यका साथ मैदान उत्रेको पन्जावले १८.४ ओभरमा पूरा गरेको थियो । जसमा पन्जावका तर्फबाट लोकेश राहूलले सर्बाधिक नट आउट ७१ रन प्रहार गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!