आइपीएलः विराटको टिमले टस जित्यो, हैदरावादमा भुवनेश्वर कप्तान

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावाद विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल बेलुका ४ः१५ बजेदेखि हैदरावादमा शुरु हुँदैछ ।

हैदरावादले २ खेलमा एकमा जीत र एक खेलमा हारेर बेहोरेको छ । यता विराट कोहली नेतृत्वको बैंग्लोरले २ खेलमै हार बेहोरोको छ । भुवनेश्वर कुमारले फेरि तेस्रो खेलमा कप्तानको जिम्मेवारी पाएका छन् ।

नियमित कप्तान केन विलियम्सन पूर्णरुपमा ‘फिट’ नभइसकेकाले तेस्रो खेलमा पनि भुवनेश्वरले कप्तानको मौका पाएका हुन् । उनले यो संस्करणको पहिलो खेलमा पनि कप्तानको जिम्मेवारी पाएका थिए । बैंग्लोर आज पहिलो जीतको अपेक्षाका साथ मैदान उत्रिदैं छ । हैदरावाद पनि लगातार दोस्रो जीतका लागि घरेलु मैदानमा प्रवेश गर्दैछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!