ओखलढुङ्गा जीप दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुङ्गा, चैत १७ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यस्तै, तीन जना घाइते भएका छन् ।

हलेसीबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!