आफ्नो चस्मा यसरी जतन गर्नुहोस्

चस्माको लेन्स सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ । तसर्थ, लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुहोस्  ।

चस्माको लेन्स कडा टेबल या भुइँमा राख्नुहुँदैन । जसले लेन्स धमिलो हुन्छ ।

फेशनको नाममा टाउको वा निधारमा चस्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्षक पनि देखिँदैन ।

चस्मा सफा गर्ने कपडा सधैँ सफा हुनुपर्दछ । फोहोर कपडा प्रयोग गर्दा कोरिने सम्भावना हुन्छ ।

चस्माको लेन्स या फ्रेम अत्यधिक तापक्रममा खुइलिने तथा बिग्रने हुन्छ । तसर्थ, ८० डिग्री फरेनहाइटभन्दा बढी तापक्रमबाट जोगाउनुपर्छ ।

चस्मा सफा गर्दा नरम साबुन र हल्का तातो पानीको प्रयोग गर्न सकिन्छ । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!