आइपीएलः सन्दीपको उत्कृष्ट प्रदर्शन, पहिलो खेलमै लिए विकेट

काठमाडौं, चैत १६ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शन गरेका छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा विकेट लिँदै शानदार शुरुवात गरेका छन् ।

उनले आफ्नो दोस्रो ओभरको चौथो बलमा निखील नायकको विकेट लिए ।  सन्दीपले दुई ओभरमा १ विकेट लिँदै मात्र ७ रन दिए । आज दिल्लीले टस जितेर बलिङ गरिरहेको छ ।  कोलकाता २ खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदा दिल्ली २ मा एक खेलमा मात्र जित हासिल गर्दै अंक तालिकाको तेस्रो स्थानमा छ । कोलकातामा दिनेश कार्तिक र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् ।

कमेन्ट गर्नुहोस्