आइपीएलः मुम्बई र पन्जाब खेल्दै, टिममा को–कोले पाए स्थान?

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जावले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ४ः१५ बजेदेखि शुरु भएकाे छ । यी दुई टिमले एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् ।

मुम्बईमा रोहित शर्मा र पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् । आजको खेलमा पन्जाबले एक खेलाडी मात्र परिर्वतन गरेको छ । उसले बरुण चक्रवर्तीको स्थानमा मुर्गन आश्विनलाई मौका दिइएको छ । यता मुम्बईले भने  टिममा कुनै परिर्वतन गरेको छन् । को–को छन् टिमा?

मुम्बईः रोहित शर्मा, युवराज सिंह, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, क्विन्टन डि कक, किरण पोलार्ड, मयंक मर्कन्डे, मिचेल मैक्लनघन, लसिथ मलिंगा र जसप्रित बुमराह

पन्जावः रविचन्द्रन आश्विन, क्रिस गेल, लोकेश राहूल, मन्दीप सिंह, डेबिड मिलर, मोहम्मद सामी, हार्दुस भिल्जोइन, सरफराज खान, मयंक अग्रवाल, एन्डु टाय, मुर्गन आश्विन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!