आइपीएलः हैदराबादविरुद्ध कप्तान रहाणेको अर्धशतक

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणेले अर्धशतक प्रहार गरेका छन् । उनले ३८ बलमा अर्धशतक पूरा गरे । त्यसक्रममा रहाणेले २ चौका र २ छक्का प्रहार गरे । आज राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ ।

 राजस्थानमा रहाणे र हैदाराबादमा केन विलियम्सन कप्तान छन् । पहिलो खेलमा पराजित यी दुई टिम पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिएका छन् ।

चोटका कारण पहिलो खेल गुमाएका कप्तान विलियमसन आजदेखि खेल फर्किएका छन् । उनी अघिल्लो संस्करणमा पनि कप्तानी सम्हालेका थिए । उनकै नेतृत्वमा हैदराबाद फाइनल पुग्नसमेत सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्