अष्ट्रेलियाका तीन ब्याट्सम्यानद्वारा अर्धशतक, पाकिस्तानले पायो २७८ रनको लक्ष्य

काठमाडौं, चैत १६ । पाकिस्तान विरुद्धको एकदिवसीय सिरिजको चौथो खेलमा अष्ट्रेलियाले २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन बनायो ।उसका लागि ग्लेन म्याक्सवेलले ८२ बलमा ९८ रन बनाए । उनी ९ चौका र ३ छक्काको मद्दतमा शतक नजिक पुगे । शतक बनाउनबाट २ रनले चुकेका म्याक्सवेल रनआउट भए ।

अघिल्लो खेलमा पनि उनी ७१ को स्कोर बनाउँदै रन आउट भएका थिए । यस्तै, उश्मान ख्वाजाले ७८ बलमा ६८, कप्तान आरोन फिन्चले ४२ बलमा ३९, एलेक्स केरीले ६७ बलमा ५५ रन बनाए ।

बलिङमा पाकिस्तानका इमाद वसिम, यासिर शाह र मोहम्मद हसनिनले दुई–दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया ३–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!