विप्लव समूहमा संलग्न रहेको भन्दै प्रअ पक्राउ

कपिलवस्तु, चैत १५ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा जिल्लाको जनता माध्यमिक विद्यालयका प्रधानध्यापक राम निवास चौहान पक्राउ परेका छन् ।

विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेको र निषेधित क्रियाकलापमा संलग्न रहेको आशंकामा चौहानलाई मायादेवी गाउँपालिकाको पकडीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका चौहानमाथि सार्वजनिक हित तथा सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्धामा १५ दिनको म्याद थप गरी प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । पक्राउ परेका चौहानलाई जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ ।

यस अघि जिल्लामा विप्लव समूहमा आबद्ध रही विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको भन्दै अन्य ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!