आइपीएलः हैदाराबाद र राजस्थान भिड्दै आज, को–कोले पाउलान् मौका?

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज गत वर्षको उपविजेता सनराइजर्स हैदाराबाद र राजस्थान रोयल्स खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजे हैदाराबादमा हुँदैछ । पहिलो खेलमा पराजित भएका यी दुवै टिमको लक्ष्य हुनेछ जित निकाल्ने ।

हैदराबाद पहिलो खेलमा कोलकातासँग र राजस्थान पन्जावसँग पराजित भएको थियो । पहिलो खेलमा पराजय बेहोरेका यी दुई टिममा आज खेलाडी परिर्वतन देख्न सकिने छ । आजको खेलमा को—कोले पाउन सक्छन् मौका?

राजस्थान सम्भावित टिमः आजिंक्य रहाणे (कप्तान), जोस बटलर (विकेटकीपर), सञ्जू स्यामसन, स्टीव स्मिथ राहुल त्रिपाठी, बेन स्टोक्स, स्टुअर्ट बिन्नी, इश सोधी, जयदेव उनादकट, श्रेयस गोपाल र धवल कुलकर्णी

हैदराबाद समभावित टिमः केन विलियम्सन (कप्तान), भुवनेश्वर कुमार, मनीष पाण्डे, डेविड वार्नर, यूसुफ पठान, शाकिब अल हसन, विजय शंकर, खलील अहमद, राशिद खान, दिपक हुडा र ऋद्धिमान साहा

कमेन्ट गर्नुहोस्

error: Content is protected !!