सम्पूर्ण जिल्लाको ‘एसईई प्रश्नपत्र’ रुजु गर्न निर्देशन

काठमाडौं, चैत १५ । केन्द्रीय सुरक्षा समितिको बैठकले सबै जिल्लाका माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले साँझसम्म ७७ वटै जिल्लामा प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको हो । बैठकले परिक्षा पद्धतिलाई फेल गराउनेगरी सांगठनिक अपराध भएको निष्कर्षसमेत निकालेको छ ।

यो सामान्य घटना नभएकाले सुरक्षा निकायसँग पनि छलफल गरेको शिक्षा सचिव खगराज बरालले बताए । प्रश्नपत्र बाहिरिनु सांगठनिक र लक्षित खालको अपराधजस्तो देखिएको भन्दै उहाँले सुरक्षा सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ ।

उनले प्रश्नपत्र बाहिरिनु व्यवस्थापन मात्र नभएर सुरक्षाको पनि विषय भएको बताउनुभयो । प्रश्नपत्र रुजु गरेपछि साँझ ६ बजे उच्चस्तरीय सुरक्षा समन्वय समितिको बैठक बस्नेछ ।

परीक्षा सुरु हुनु अगावै प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!