बुद्धको देशमा शान्ति हराउँदै

शान्ति बस्नेत । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको देश भनेर नेपाललाई संसारले चिन्छ । यति मात्र नभई नेपाल विभिन्न बहुजातजाती, धर्म, संस्कृतिको साथै विभिन्न फूलहरुको सुन्दर फूलबारी पनि हो । तराई, पहाड र हिमाल गरी ३ भागमा फैलिएको नेपाल सुन्दर, शान्त र साझा उदगम स्थानका नामले परिचित छ ।

नेपालको प्राकृतिक भू–बनोट पनि अत्यन्तै लोभ लाग्दो अभूतपूर्ण रहेको छ । ई.पू. ५६३ वैशाख शुक्ल पूर्णिमाका दिन कपिलबस्तुको तिलौराकोट राज्य लुम्विनीमा शाक्यवंशी राजाका छोराको रुपमा राजा शुद्धधन र माता मायादेवीको कोखबाट गौतम बुद्धकोे जन्म भयो । नेपालमा गौतम बुद्धको जन्म हुनु कुनै सामान्य कुरा होइन, किन कि उनका भनाईहरु विश्वमै दुर्लभ छन् ।

सरकार पक्ष ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने भनाईलाई दुई तिहाईको आडमा दम्भका साथ घटनाहरुको दर्शक बनेर बसेको छ । अनेकौं भाषणमा आशाका दियो झलमल्ल बनाएर बस्छ तर सरकार उत्ताउलो किसिमको व्यबहारमा ठिक्क र जनताहरु पनि सरकारकै मुख हेरेर समाजका घटनाहरुलाई निर्मूल बनाउन केहि पनि पहल गरिएको छैन ।

बुद्धको विचारलाई नेपाली सबैले आत्साथ गरी सकारात्मक रुपमा लिएको भए आज देशभरी हिंसात्मक जघन्य अपराधहरु हुने थिएनन् । गौतम बुद्धका ५ ओटा नैतिक नियमहरु छन् । हिंसा नगर्नु, चोरो नगर्नु, व्यभिचारी नगर्नु, झुटो नबोलनु र जाँड–रक्सी नखानु भन्ने अत्यन्तै मर्मस्पर्शी पञ्चशीलका नियम हुन । ती ५ ओटा नियमलाई सबैले व्यवहारिक रुपमा कार्यान्वयन गर्ने हो, भने हाम्रो देशमा कहिल्यै अशान्ति हुँदैन । प्राकृतिक रुपमा एकदमै सुन्दर देश नेपाललाई मानव जातीले दिनप्रतिदिन कुरुप बनाउँदैं गएका छन् । शान्तिको देशमा विभिन्न खालका अपराधिक घटनाहरु दिनप्रतिदिन बढ्दैं गईरहेका छन् ।

संविधानका पानाहरु भरिभराउ गरी सजाउनलाई मात्रै नियम कानुन बनाईएको महसूस हुने गरेको छ । कानुन साना, जस्को आर्थिक र राजनीतिक पक्ष कमजोर छ, त्यसलाई मात्रै लागस भएको छ । अमानविय र असमान्ता कै लागि हाम्रो देशमा कयौं नेपाली जनताले रगत बगाएका छन् । २४० वर्षको शाही शासनको अन्त्य भई नेपालमा गणतन्त्र स्थापना भएपनि देशमा शासन फेरियो शासक फेरिएन ।

जनताका आधारभूत आवश्यकता अनुसार शासन चलाउन सकेनन् । विभिन्न समस्याहरुसँग लड्दै हाम्रो देशमा लोकतन्त्रको स्थापना भयो । २०६२÷६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा वैशाख ११ गते लोकतन्त्र स्थापना भयो । ०६२÷६३ को जनआन्दोलन देखि बग्न थालेका सहिद परिवारका सदस्यलाई अझै पनि आशुँका ढिक्काहरु बग्न रोकिएका छैनन् ।

पहिला द्वन्द्वकालको जस्तो चन्दा, आतङ्क जस्ता त्रास देखाउने किसिमका कृयाकलापमा एक समुह लागि परेको हामी सबैले थाहा नै छ । उक्त कार्यमा संलग्न भएका मानिसहरुलाई सरकार पक्षले चाँडो भन्दा चाडो नियन्त्रणमा लिई आवश्य शान्ति सुरक्षाको सु–व्यवस्या गरी जनतालाई सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्छ ।

नेपालीहरुले बगाएका रगतको सम्मान अझै भएको छैन् । हत्या, हिंसा र बलात्कार जस्ता समाजका निम्ती घातक अपराधहरु मौलाउँदैं गएको छ । देशमा कानून छ कार्यान्वयन छैन । सरकार पक्ष ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने भनाईलाई दुई तिहाईको आडमा दम्भका साथ घटनाहरुको दर्शक बनेर बसेको छ । अनेकौं भाषणमा आशाका दियो झलमल्ल बनाएर बस्छ तर सरकार उत्ताउलो किसिमको व्यबहारमा ठिक्क र जनताहरु पनि सरकारकै मुख हेरेर समाजका घटनाहरुलाई निर्मूल बनाउन केहि पनि पहल गरिएको छैन ।

श्रावण महिनामा कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डलाई सरकार र सरोकारवालाले के हेरेर बसेका छन् ? बुद्धको देशमा यस्तो अपच्य घृणित कार्य किन मौलाउँदै गएको छ ? छिटो भन्दा छिटो यस्ता कार्यलाई निरमूल पार्ने कार्यमा हामी एकजुट हुनुपर्छ । लोकतन्त्रको नागरिकले अनुभूति गर्नु त कता हो कता ! यति बेला सबैले चर्को महङ्गी र कालोबजारी भोग्न बाध्य भएका छन् । पहिला राजा हुदाँ नेपाल जुन स्थितिमा थियो ?

आज प्रधानमन्त्री र राष्ट्रिपति हुँदा पनि नेपालमा त्यही स्थिति छ । भिन्नता यति मात्र हो, पहिलेका राजा बन्ने वंशाणुगत परम्परा हटेको छ, भने अहिले नेता ज्यूँहरु राजनीतिक भागबण्डाको आधारमा पालै–पालो पद आसिन हुन पुगेका छन् । विडम्वना भनौं वा बाध्यता नेपाली जनताको जीवन शैलीमा खासै परिवर्तन आएको छैन् । देशमा शान्ति हराउँदै गएको आभाष हुन थालेको छ ।

सरकार पक्ष ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने भनाईलाई दुई तिहाईको आडमा दम्भका साथ घटनाहरुको दर्शक बनेर बसेको छ । अनेकौं भाषणमा आशाका दियो झलमल्ल बनाएर बस्छ तर सरकार उत्ताउलो किसिमको व्यबहारमा ठिक्क र जनताहरु पनि सरकारकै मुख हेरेर समाजका घटनाहरुलाई निर्मूल बनाउन केहि पनि पहल गरिएको छैन ।

पहिला द्वन्द्वकालको जस्तो चन्दा, आतङ्क जस्ता त्रास देखाउने किसिमका कृयाकलापमा एक समुह लागि परेको हामी सबैले थाहा नै छ । उक्त कार्यमा संलग्न भएका मानिसहरुलाई सरकार पक्षले चाँडो भन्दा चाडो नियन्त्रणमा लिई आवश्य शान्ति सुरक्षाको सु–व्यवस्या गरी जनतालाई सुरक्षाको अनुभूति दिलाउन सक्नु पर्छ । अव शान्तिको नाममा कसैले पनि रगत बगाउनु नपरोस । लोकले पत्याएको र लोकले रुचाएको शासन व्यवस्थाको रुपमा लोकतन्त्रलाई आत्मासाथ गरी सुन्दर शान्त नेपाल र समृद्धिको नारालाई सार्थक बनाउन लाग्नु पर्दछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!