किन मानिस बिरामी हुँदाहुँदै पनि काम गर्न छोड्दैन ?

ब्रिटेनमा सन् १९९३ यता विरामी भएर छुट्टी लिनेको संख्या लगभग आधा भएको छ । अफिस फर नेशनल स्टेटिस्टिकका अनुसार पहिले पहिले विरामी परेकै कारण मानिसहरु वर्षभरि औषतमा ७ दशमलव २ दिन बिदा लिने गर्थे । सन् २०१७ मा यो संख्या केवल ४ दशमलव १ दिनमा सीमित भयो ।

लण्डनस्थित इम्पेरियल कलेजको इन्फेक्शियस डिजिज इपिडिमियोलोजी विभागकी शोध एसोसिएट काइली एन्सलाईका अनुसार चिकित्सा क्षेत्रमा भएको प्रगतिका कारण यो बदलाव सम्भव भएको हो । तर, यसको मतलव यो हाइन कि मानिसहरु कम बिरामी भइरहेका छन् ।

विशेषज्ञहरुका अनुसार कार्य संस्कृतिमा आएको बदलावका कारण पनि यो अवस्था सिर्जना भएको छ । यो बदवालका कारण छुट्टी लिँदा आफ्नो हाकिमले विश्वास नगर्ने वा बिरामी हुनुलाई बहानाको रुपमा बुझ्ने भएकाले पनि कैयौ कर्मचारी बिरामी हुदाँ पनि काममा जाने गर्छन् ।

उत्तरी गोलार्दमा डिसेम्बरदेखि फरबरीसम्म संक्रमणका कारण ज्वरो आएर कयौ कर्मचारी कार्यालमा अनुपस्थित रहने गर्छन् । यो समयमा हावा चिसो र शुष्क हुने गर्छ । जसले गर्दा यो समयमा रोगको व्याक्टेरिया तिव्र रुपमा फैलिन्छ ।

चिकित्सकहरुका अनुसार सुरुवाती चरणमा ज्वरो सर्ने सम्भावना उच्च हुन्छ । त्यसैले, यो समयमा संक्रमित कर्मचारी तथा सहयोगीहरुले स्वास्थ्यको दृष्टिकोणले पनि कार्यालयबाट छुट्टी लिन आवश्यक छ । कार्य संस्कृतिमा देखिएको परिवर्तनका कारण छुट्टी लिनुलाई दागको रुपमा हेरिने थालेको विशेषज्ञहरु बताउँछन् ।

व्रिटेनको एक बिमा कम्पनी एक्सा पीपीपीले सन् २०१५ मा गरेको एक सर्वेक्षण अनुसार अविश्वास पैदा हुने डरले पनि लगभग ४० प्रतिशत कर्मचारी आफू विरामी हुदाँहुँदै पनि विरामीको असली कारण आफ्नो मेनेजरलाई बताउँदैनन् ।

आफ्नो कर्मचारीले छुट्टी नलिउन् भन्ने चाहना राख्ने हाकिमहरुले आफ्नो स्वास्थ्य, आफ्नो उत्पादकत्वको साथमा आफ्नो सहयोगीको स्वास्थ्यको सुरक्षाका लागि आफ्नो अस्वस्थताबारे सञ्चालकहरुलाई कसरी बताउने भन्नेबारे जान्न आवश्यक छ ।

अस्वस्थ हुनु पनि लाञ्छना

यसका बाबजुद पनि केही हाकिम बिरामी हुनुलाई किन अपराध ठान्छन् ?

अहिले विश्वमा नयाँ नयाँ प्रविधिको विकासका कारण नयाँ नयाँ संस्कृतिले जन्म लिएको छ । यही प्रविधिकै कारण आज काम पूरा गर्नकै लागि कार्यालयमा बस्नै पर्छ भन्ने आवश्यक छैन । कोषौ टाढा रहेर पनि अफिसको काम प्रभावकारी ढङ्गले पूरा गर्न सकिन्छ । आज लाखौ कर्मचारी काम गर्नका लागि अत्याधुनिक प्रविधिको पहुँचमा छन् । उनीहरु ल्यापटप, कम्प्यूटर, वाइफाइ इत्यादीको पहँुचमा छन्, जसको मद्दतले कार्यालयमा बाहिर रहेर पनि उनीहरु सजिलै कार्यालयको काम गर्न सक्दछन् ।

यसका बाबजुद पनि यस्ता कयौ अफिसरहरु छन्, जो आफ्ना कर्मचारी नदेख्नासाथ उनीहरुमाथि अविश्वास गर्न थाल्छन् । उनीहरुलाई आफ्नो कर्मचारी माथि अलिकति पनि रत्तिभर पनि भरोसा हुँदैन । वाणिज्यिक सम्पदा कम्पनी स्टाइल्स कर्पोरेशनका मानव संसाधन उपाध्यक्ष जर्ज बाऊका अनुसार यस किसिमको प्रवृत्ति पुरानो पुस्तामा धेरै छ । उनीहरुले कहिल्यैपनि यो कुरा मान्न तयार नै भएनन् कि घर बसेर पनि राम्ररी काम गर्न सकिन्छ ।

अविश्वास र धेरै भन्दा धेरै उत्पादकको खोजीले प्रबन्धकहरुलाई विरामी परेर छुट्टी लिदा पनि आफ्ना कर्मचारीहरु माथि शंका गर्नु पर्ने अवस्था सिर्जना गरेको छ ।

एक्सा पीपीपीको सर्वेक्षणमा ४२ प्रतिशत वरिष्ठ प्रबन्धकहरु मात्र ज्वरो आएमा छुट्टी लिन पाउनु पर्छ भन्नेमा सहमत थिए । ४० प्रतिशत भन्दा कमले ढाड दुखेमा वा शल्यक्रियाका छुट्टी लिनु उचित भएको बताएका थिए ।

अध्ययनमा यो पनि पाइएको थियो कि मानसिक समस्याका कारण अनुपस्थिति हुने ३९ प्रतिशत कर्मचारीले मात्र अनुपस्थितिको सही कारणबारे आफ्नो हाकिमलाई बताएका थिए । शारीरिक समस्यामा भने ७७ प्रतिशतले सही कारण बताएका थिए ।

केही अन्य कारण

अस्वस्थताका बाबजुद काममा जानुको पछाडी हाकिममात्र दोषाी छैनन् । आधुनिक अर्थव्यवस्थामा यस्ता थुप्रै जागिर छन्, जुन औपचारिक त पूर्णकालिन हुने गर्थे । अहिले अंशकालिन अवस्थामा रहेको छ ।

एडिनबरा नेपियर विश्वविद्यालयका एसोसिएट प्रोफेसर पीट रर्बटसनले २०१७मा यस विषयमा एउटा सटिक कुरा लेखेका थिए ।

संयुक्त राज्य अमेरिकाको व्युरो अफ लेबर स्टेटिस्टिकका अनुसार पछिल्लो दुई वर्षमा जागिर पाउने र छोड्ने प्रकृया दुवैमा बढोत्तरी भएको छ । जसले गर्दा कर्मचारीहरु विरामी हुदाँहुँदै पनि जागिर टिकाई राख्न काममा जाने गरेका छन् ।

यो क्रियालाई ‘पे्रजेन्टिज्म’ भनिएको छ । अर्थात यस्ता व्यक्ति जो विरामी भएता पनि काममा जाने गर्छन् ।

प्रेजेन्टिज्मले निम्त्याउने समस्या

चार्टर्ड इन्टिच्यूट अफ पर्सनल डेभलभमेन्टका अनुसार पछिल्लो केही दशक यता प्रेजेन्टिज्मको समस्या तीन गुणाले बढेको छ । सन् २०१८मा एक हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययन अनुसार ८६ प्रतिशत मानिसले पछिल्लो वर्ष आफ्नो कार्यालयमा यस किसिमको समस्या रहेको महसुस गरे । जुन २०१० मा जम्मा २६ प्रतिशत थियो ।

एक्सा पीपीपीको साना तथा मझ्यौला उद्योगका निर्देशक ग्लेन पार्किन्सनले सन् २०१५ मा लेखेका थिए, प्रबन्धक आफ्ना विरामी कर्मचारीको दशा बुझन् अलिकति पनि कोशिश गर्दैनन् । त्यसैले, कर्मचारीहरुलाई आफ्नो अस्वस्थताबारे बताउन समस्या हुने गर्छ । अफिस सञ्चालकहरुले आफ्नो कर्मचारी माथि विश्वास गर्नुपर्छ । र, सम्भव भएसम्म उनीहरुलाई घरबाटै काम गर्न सहुलियत प्रदान गर्नु पर्छ ।

प्रेजेन्टिजको छुट दिनु कुनै पनि कम्पनीको लागि अस्वस्थ व्यक्तिलाई छुट्टी लिने माहोल बनाउनु भन्दा महँगो सावित हुनसक्छ । मानसिक स्वास्थ्य वा अन्य समस्याको हकमा सुरुवाती चरणमै विरामीले आराम पाएमा व्यक्तिलाई स्वस्थ हुन धेरै समस्या हुँदैन ।

प्रेजेन्टिज्मको समस्या तीन गुणाले बढ्यो

पिटर्सवर्ग विश्वविद्यालयले सन् २०१३ मा गरेको एक अध्ययन अनुसार अस्वस्थताका बाबजुद अफिसमा विताएको एक दिनले विरामी पर्ने सम्भावना ४० प्रतिशतले बढाउँछ । शोधकर्ताहरुले यो सम्बन्धमा पेनसेल्भेनियाको एलेघनी काउन्टीको पाँच लाख भन्दा बढी मानिसहरुमा यो सम्बन्धि अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा के पाइएको थियो भने कुल कर्मचारीमध्य लगभग एघार प्रतिशत कर्मचारीहरुमा विभिन्न रोगको संक्रमण कार्यस्थलबाटै उत्पन्न भएको पाइएको थियो ।

अध्ययनमा महत्वपूर्ण कुरा के पाइएको थियो भने यदी संक्रमण भएको शुरुको एक वा दुई दिन घरमा नै बस्ने छुट पाइने हो भने एक दिनको छुट्टीले लगभग १७ हजार मानिसमा ९ लगभग २५ प्रतिशत कमी० तथा दुई दिनको छुट्टीमा २६ हजार मानिसमा ९लगभग ४० प्रतिशत० संक्रमणको कमी हुने पाइएको थियो ।

सिधा सिधा भन्नु पर्दा प्रेजेन्टीज्मको फाइदा कुनै पनि कार्यस्थललाई हुन्छ । तर जुन ठाउँहरुमा यस सम्बन्धि स्पष्ट निति बनेको छैन, त्यहाँका कर्मचारीहरुले आफैले नै प्रबन्धकहरुलाई समस्याबारे अवगत गराउनु पर्छ, ताकी नियमित काममा कुनै बाधा उत्पन्न नहोस् ।

इमान्दारिताको नीति

विशेषज्ञहरुका अनुसार जति छिटो प्रवन्धकलाई आफ्नो कर्मचारीको समस्याबारे जानकारी हुन्छ, त्यति नै राम्रो हुन्छ । किनकी विरामी हुनासाथ यसको जानकारी हाकिमलाई दिएमा सम्मान त बढ्छ नै, कर्मचारीको अनुपस्थितिमा काम गर्न प्रबन्धकलाई पनि पर्याप्त समय मिल्छ । अझ ठूलो कुरा त के हो भने इमान्दारिता भएमा कुनै पनि गलतफेमी वा मनमुटावबाट बच्न सकिन्छ ।

यसबारे पिटर्सबर्गस्थित एक स्वास्थ्य सेवा कम्तीका विशेषज्ञ मार्क मार्सेन भन्छन्, सबैभन्दा सही तरीका भनेको संगठनको नीति तथा तरीकालाई अपनाउनु हो । झूट बोल्नु वा बढाई चढाई बोल्नु विल्कुल गलत हो ।

मार्सेन यो पनि मान्छन् कि प्रबन्धक दुई किसिमका हुन्छन्, एउटा जो सोच्छन् कि कर्मचारी काम गर्न चाहँदैनन् । त्यसैले उनीहरुलाई नियममा बाध्न जरुरी छ । यस्तो सोच राख्ने प्रबन्धले आफ्नो कर्मचारीले जस्तोसुकै कुरा पनि सोच्न सक्छन् ।

दोश्रो किसिमका प्रबन्धक त्यस्ता हुन्छन्, जो उचित मानक राऋछन् र आफ्नो आफ्नो कर्मचारी माथि आँखा चिम्लेर विश्वास गर्छन् । यस्ता प्रबन्धकको जिम्मेवारी यहीको कि कार्यस्थलमा यस्तो संस्कृतिको विकास गर्ने की कर्मचारी स्वंय विश्वसनीय बन्न सकुन् । यसको लागि सर्वोत्तम तरीका यही हो कि आफ्नो बारेमा उदाहरण प्रस्तुत गर्नु हो ।

यस्तो मामलामा प्रबन्धक र कर्मचारीबीच सन्तुलन कायम गर्न दुईतर्फी पहल जरुरी छ । जसमा कर्मचारी र प्रबन्धक दुवैले नै एक अर्काको आवश्यकता, जिम्मेवारी र भलाईको बारेमास सोचेर काममा ध्यान दिन जरुरी छ । विशेष रुपमा ज्वरोको मौसममा प्रेजेन्टिज्मको समस्या कम गर्न पनि एक अर्काको बारेमा सोचेर काम गर्न जरुरी छ ।

वाणिज्यिक सम्पदा कम्पनीका स्टाइल्स कर्पोरेशनमा मानव संसाधन उपाध्यक्ष जर्ज बाऊ भन्छन्, ‘एउटा राम्रो प्रबन्धकले सहानुभूति राख्न तथा समझदार हुन जरुरी छ । इमानदारिताका साथ एक अर्कोको ध्यान राख्नु भन्दा राम्रो सम्बन्ध प्रबन्धक र कर्मचारी बीच अरु केही हुनै सक्दैन’ । – बीबीसीबाट

कमेन्ट गर्नुहोस्