एसईई परीक्षा रद्दः विद्यार्थीद्वारा ठाउँ–ठाउँमा विरोध प्रदर्शन

जनकपुर, चैत १५ । प्रदेश २ को सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ-ठाउँमा विरोध प्रदर्शन गरेका छन् । धनुषा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

आज हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती आएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो ।

जनकपुरमा आक्रोशित विद्यार्थीले ढल्केबर-जनकपुर सडकमा टायर बालेर अवरुद्ध पारेका छन् । उनीहरुले बजार बन्द गराउँदै हिँडेका छन् । यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले टायर बालेर सडक अवरुद्ध पारेका छन् । प्रहरीले २ राउन्ड आश्रु ग्यास प्रहार गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!