माटोको ढिस्कोले पुरिएर युवतीको मृत्यु

डडेल्धुरा, चैत १५ । माटो खन्ने क्रममा डडेल्धुरामा माटोको ढिस्कोले पुरिँदा एक युवतीको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कुजाकोटका २० वर्षीया कृष्णा देउवाको ढिस्कोले परिएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यलय डडेल्धुराका अनुसार बिहीबार घर लिपपोत गर्ने रातोमाटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन्। उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो।

कमेन्ट गर्नुहोस्