आइपीएलः मुम्बईद्वारा विराटको बैंग्लोरलाई १८८ रनको चुनौती

काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा मुम्बई इन्डियन्सले १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर बलिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले ४०, शूर्यकुमार यादवले ३८, युवराज सिंह, क्विन्टन डी ककले २३–२३ रन बनाए ।

यस्तै हार्दिक पाण्ड्याले १४ बलमा ३२ रन बनाए । त्यसक्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले ४, उमेशकुमार यादव र मोहम्मद सिरिजले दुई–दुई विकेट लिए ।

यी दुवै टिम पहिलो जितको खोजीमा आज मैदान उत्रिएका छन् । पहिलो खेलमा बैंग्लोरले चेन्नई र मुम्बईले दिल्लीसँग हार बेहोरेको थियो । आजको खेलमा विराटको टिमले चेन्नई विरुद्ध खेलेको टोलीलाई नै मैदान उतारेको छ । यता, मुम्बईले भने २ खेलाडी परिवर्तन गरेको छ । उसले बेन कटिङ र रासिख सलामलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा मयंक मार्कडे र लसिथ मलिंगालाई मौका दिइएको छ । यस्तो छ दुवै टिम–

बैंग्लोरः विराट कोहली (कप्तान), पार्थिव पटेल (विकेटकीपर), मोईन अली,  एबी डि विलियर्स, शिमरोन हेटमेयर,  शिवम दूबे, कोलिन डी ग्रैंडहोम,  नवदीप सैनी,  युजवेद्र चहल,  उमेश यादव र मोहम्मद सिराज ।

मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सूर्यकुमार यादव, युवराज सिंह, कीरोण पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या,  मयंक मार्कंडे,  मिशेल मैक्लेनाघन, लसिथ मलिंगा, र जसप्रीत बुमराह ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!