पहिलो पटक बाबुले सन्तान देख्दाको क्षण, यस्तो छ तस्वीर

बाबुले पहिलोपटक आफ्नो सन्तान देख्दा क्यामेरामा कैद भएका दुनियाँलाई भावुक बनाउने तस्वीर, सन्तान माथि बाबुको मायाँ विश्वभरी पुग्यो

चैत १४ । जुनसुकै बाबुआमाले पहिलोपटक आफ्नो सन्तानलाई देख्दाका मनोभाव सायद शब्दमा वर्णन गर्न सकिँदैन । माया, हर्ष, पूर्णता र जिम्मावारी यी सबैलाई एकैपटक महसुस गर्न सकिन्छ ।

यी भावलाई शब्दमा वर्णन गर्न नसकेपनि बुवाले पहिलोपटक आफ्ना सन्तानलाई देख्दाका क्षण कस्तो हुन्छ भनेर क्यामरामा कैद भएका यी तस्बिरले वर्णन गरेका छन् । सन्तानलाई जन्म दिने ‘आमा’ अनि सन्तानको प्रतीक्षामा बासिरहने ‘बाबु’बीचको भिन्नता आकाश र जमिनको जस्तै हुन्छ ।

धेरै बुवाले आफ्नो सन्तानलाई पहिलोपटक छुँदाको अनुभव बयान गर्ने शब्द नै नपाएको बताउँछन् ।
यी फोटोहरु ‘बर्थ विकम्स हर फोटो कन्टेस्ट २०१९’ का लागि दर्ता गरिएका हुन् ।

यी तस्बिरले जन्म लगत्तै बुवा र बच्चाबीचको सम्बन्ध दर्शाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्