सस्तियो सुनको भाऊ

काठमाडौं, चैत १४ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य फेरि एक सय रुपैयाँले नै घट्न पुगेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बुधबार तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, साताको लगातार स्थिर रहेको चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बुधबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने आज भने घटेर चाँदी ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्