आइपीएलः कोलकाताद्वारा पन्जाबलाई २१९ रनको लक्ष्य

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग अन्तर्गत किंग्स इलाभेन पन्जाबलविरुद्ध कोलकाता नाइट राइर्डसले २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनायो । उसका लागि नितीश राणाले ३३ बलमा ६३, आन्द्रे रसलले १७ बलमा ४८, रबिन उथप्पाले नटआउट ६७, सुनिल नारायणले २४, क्रिस लिनले १० रन बनाए ।

बलिङमा पन्जाबका हारडुस विलजोयन, बरुण चक्रबर्ति, एन्ड्रु टाय र मोहम्मद सामीले एक–एक विकेट लिए । पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबाद र पन्जाबले राजस्थान रोयल्सलाई हराएको थियो । कोलकातामा दिनेश कार्तिक र पन्जाबमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कोलकाताः क्रिस लिन, सुनिल नारायाण, रबिन उथप्पा, नीतीश राणा, शुभमन गिल, दिनेश कार्तिक (कप्तान), आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्ग्यूसन, प्रसिद्ध कृष्णा।

पन्जाबः क्रिस गेल, केएल राहुल, मयंक अग्रवाल, सरफराज खान, डेविड मिलर, मनदीप सिंह, एंड्रयू टाई, रविचंद्रन अश्विन (कप्तान),मोहम्मद शमी, वरुण चक्रवर्ती, हारडुस विलजोएन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!