आइपीएलः राणाले गरे पन्जाबविरुद्ध छक्काको वर्षा, शानदार अर्धशतक पूरा

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग अन्तर्गत किंग्स इलाभेन पन्जाबलविरुद्ध कोलकाता नाइट राइर्डसका नितीस राणाले शानदार अर्धशतक पूरा गरेका छन् ।

उनले २८ बलमा ५२ रन प्रहार गरेका हुने । उनले ५० रन बनाउँदा ६ छक्का र एक चौका प्रहार गरे । आज पन्जाबले टस जितेर बलिङ रोजेको छ ।

यी दुई टिमले पहिलो खेमा जीत हासिल गरेकाले खेल रोमाञ्चक हुने अनुमान छ । पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबाद र पन्जाबले राजस्थान रोयल्सलाई हराएको थियो । कोलकातामा दिनेश कार्तिक र पन्जाबमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!