आइपीएलः पन्जाबले टस जित्यो, कोलकातालाई ब्याटिङको मौका

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग अन्तर्गत कोलकाता नाइट राइडर्सस विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः२५ बजेदेखि कोलकातामा शुरु हुँदैछ ।

यी दुई टिमले पहिलो खेमा जीत हासिल गरेकाले खेल रोमाञ्चक हुने अनुमान छ । पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबाद र पन्जाबले राजस्थान रोयल्सलाई हराएको थियो । कोलकातामा दिनेश कार्तिक र पन्जाबमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कमेन्ट गर्नुहोस्