आइपीएलः कोलकाताविरुद्ध पन्जाबमा को–कोले पाउलान् मौका?

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जाबले आज कोलकता नाइट राइडर्ससको सामना गर्दैछ । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । आजको खेल १२औं संस्करणको छैटौं म्याच हुनेछ ।

पहिलो खेलमा जीत हासिल गरेका पन्जाब–कोलकाताको भिडन्त रोचक हुने अनुमान छ । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्स र कोलकाताले सनराइजर्स हैदराबादलाई पराजित गरेका थिए । पहिलो खेलमा जीत हासिल गरेका यी दुई टिम आत्मविश्वासले भरिएका छन् । आजको खेलमा को–कोले अन्तिम ११ मा स्थान बनाउन सक्लान्? यस्तो छ सम्भावित टिम–

पन्जाब सम्भावित टिमः रविचंद्रन अश्विन (कप्तान), लोकेश राहुल, क्रिस गेल, मयंक अग्रवाल, सरफराज खान, मनदीप सिंह, निकोलस पूरन,  मुजीब उर रहमान, सैम कुरन, मोहम्मद शामी, अंकित राजपूत।

कोलकत्ता समभावित टिमः दिनेश कार्तिक (कप्तान र विकेट कीपर), क्रिस लिन, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आद्रे रसल, जो डेनियल, पीयूष चावला, कुलदीप यादव, लकी फर्ग्यूसन र प्रसिद्ध कृष्णा।
नोटः

कमेन्ट गर्नुहोस्

error: Content is protected !!