ज्ञानु दाहालको पुण्यतिथिमा वृद्धाश्रममा भोजन र फलफूल वितरण (फोटो)

चितवन, चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी दिवंगत जेठी छोरी ज्ञानु दाहालको पाँचौं स्मृति दिवस मनाइएको छ । सम्पन्न भएको छ । चितवन स्थित ‘ॐ सत्य साई वृद्धाश्रम’ मा वृद्धवृद्धालाई भोजन खुवाउँदै स्मृति दिवस मनाइएको हो ।

उक्त अवसरमा दिवंगत दाहालका श्रीमान् सागर केसीले वृद्धाश्रममा रहेका बुज्रुक व्यक्तित्वलाई भोजन अर्पण गरेका थिए । पाँच वर्षअघि क्यान्सर रोगबाट ज्ञानुको मृत्यु भएको थियो ।

गतवर्ष कीर्तिपुरमा रहेको एचआईभी संक्रमित बालबालिकाको संस्थामा सहयोग गर्दै दिवंगत दाहालको जन्मोत्सव मनाईएको थियो । दाहाल परिवारले छोरी ज्ञानु र छोरा प्रकाशको स्मृतिमा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ को स्थापना गरी सामाजिक कार्य गर्दै आएको छ । केही तस्वीर–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!