अमेरिकाको रकल्याण्ड काउन्टीमा दादूराको महामारी, १५३ जना बिरामी फेला

काठमाडौं, चैत १३ । अमेरिकाको न्यूयोर्कस्थित रकल्याण्ड काउन्टीमा दादूराको महामारी फैलिएको छ । पछिल्लो पटक दादूराका १ सय ५३ बिरामी फेला परेपछि रकल्याण्ड काउन्टीमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ ।

खोप नलगाएका बालबालिकालाई सो काउन्टीका सार्वजनिक स्थलमा जान ३० दिनका लागि प्रतिबन्ध लगाइएको बीबीसीले उल्लेख गरेको छ । प्रतिबन्धको उल्लंघन भए ५ सय डलर जरिवाना र ६ महिनासम्मको जेलसजाय हुनसक्ने जनाइएको छ ।

वासिङ्गटन, क्यालिफोर्निया, टेक्सास र ईलिनोइसमा समेत ठूलो संख्यामा दादूराका बिरामी फेला परेका छन् । सैद्धान्तिक तथा धार्मिक कारण देखाएर तथा अटिजम हुनसक्ने अफवाह फैलिएका कारण अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्यामा कमी आउदा दादूराको प्रकोप बढेको हुनसक्ने अधिकारीहरु बताउँछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!