इटालीले लिचेस्टाईनको पोस्टमा गर्यो गोलकाे वर्षा

एजेन्सी । युरो कप छनोट खेलमा इटालीले लिचेस्टाईनमाथि गोल वर्षा गरेको छ । समूह ‘जे’अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाईनलाई ६–० गोलले हरायो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

लिचेस्टाईन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा ड्यानियल काँफम्यान रातो कार्ड खादै मैदान बाहिरिएका थिए । इटालीका लागि स्टेफानो सेन्सीले १७ औं मिनेटमा खाता खोले । मार्को भेराट्टीले ३२ औँ मिनेटमा गोलगर्दै इटालीको अग्रता दोब्बर बनाए । फाबियो क्वागलियरलाले ३५ औँ र पहिलो हाफको इन्जुर समयमा पेनाल्टीमा अर्को गोल गरे ।

त्यसपछि मोइज केनले ६९ औं लियोनार्दो पाभोलेटीले ७६ औं मिनेटमा गोल गर्दै इटालीलाई फराकिलो जित दिलाए । समूहमा दुई जित हात पारेको इटालीले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा फिनल्याण्डले अर्मेनियालाई २–० गोलले हरायो । ग्रीस र बोस्निया एण्ड हर्जगोभिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी मंगलबार राति नै भएको समूह ‘डी’को खेलमा आयरल्यान्डले जर्जियालाई १–० गोलले पराजित गरेको छ । डेनमार्क र स्वीट्जरल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!