धोनीको टिम विरुद्धको खेलमा पनि सन्दीप बेन्चमै !

काठमाडौं, चैत १२ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपल) अन्र्तगत चेन्नई सुपर किंग्स विरुद्धको खेलमा पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् ।

उनले मुम्बई इन्डियन्स विरुद्धको पहिलो खेलमा पनि अन्तिम ११ मा मौका पाएका थिएनन् । सन्दीपले गत वर्ष आइपीएलको अन्तिम ३ खेलमा ५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । ११औं संस्करणका शुरुवातका खेल गुमाएका सन्दीपले यो पटक पनि गुमाउने सम्भावना बढेकाे छ ।

एक टिममा ४ विदेशी खेलाडीलाई मात्र खेलाउन पाउने नियम बमोजिम उनी टिममा अटाउन असफल भएका हुन् । सन्दीपसँगै दिल्लीमा क्रिस मोरिस, कागिसो रबाडा, कोलिन मनरो, कोलिन इन्ग्राम, ट्रेन्ट बोल्ट, किपो पउललगायत नाम चलेका विदेशी खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!