विप्लवका नवलपरासी पश्चिम इञ्चार्ज पक्राउ

काठमाडौं, चैत १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नवलपरासी पश्चिम इञ्चार्ज सुमन ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीलाई बर्दघाट नगरपालिका–२ चिसापानीस्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव उनी वैद्य समूह हुँदै विप्लव माओवादीमा प्रवेश गरेका हुन्। उनीमाथि छानबिन तथा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। ज्ञवालीसँगै पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि सोमबार राति नै पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्