सिटिजन लाइफद्वारा घातक रोगको उपचार खर्चको लागि ५ लाख प्रदान

काठमाडौं, चैत १२ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलेले घातक रोग दाबी भुक्तानी बापत ५ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीले हृदयघात भएको कारण बुटवलका हरिसिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीले आइतबार उपचारको लागि काठमाडौंमा रहेका निज आफैंलाई उपचार खर्चस्वरुप ५ लाख बराबरको घातक रोग दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको थियो । सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत दशरथ मणि खड्काले हरि सिंह ठकुरीलाई सो चेक प्रदान गरे ।

हृदयघात भएका ठकुरीलाई उनले प्रस्तुत गरेको मेडिकल रिपोर्टको आधारमा दाबी रकम भुक्तानी गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!