घट्यो सुनको भाऊ

काठमाडौं, चैत ११ । साताको तेस्रो दिन मंगलबार सुनको कारोबारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, मंगलबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्