घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा ३ घाइते

चितवन, चैत १२ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति त्रिशूलीमा मिनीबस खस्दा ३ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो ।

घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!