शिवनगरमा व्यवस्थित शिवमन्दिर निर्माणको तयारी

धनगढी, चैत १२ । धनगढी उप–महानगरपालिकाले धनगढीको शिवनगरमा ब्यवस्थित शिवमन्दिर निर्माणको तयारी थालिएको छ ।

शिवको नामले परिचित शिवनगरको मन्दिर सडक क्षेत्रमा पर्ने भएपछि त्यसलाई वडा नं १ र ८ को बीचमा पर्ने पुलको उत्तर पूर्वको झण्डै ५ कठ्ठा जनिनमा मन्दिर निर्माण गरिने भएको हो । शिवनगर नालामा रहेको अतिक्रमण र फोहोर हटाउने क्रममा सार्वजनिक जमिन भेटिएकाले त्यहाँ मन्दिर निर्माणका लागि सजिलो भएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मन्दिर निर्माणका लागि डिपिआर तयार गर्न प्राविधीकहरुलाई निर्देशन दिएको बताए । शिव मन्दिर सडक बिस्तारको क्रममा भत्कीने भएपछि बिकल्प खोजिएको पनि नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिका वडा नं. ८ का अध्यक्ष नारायण बरालले व्यवस्थित मन्दिर निर्माणका लागि समिति समेत गठन गरिएको बताए । बरालका अनुसार मन्दिर निर्माण तथा व्यवस्थापनका लागि जयबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । उपाध्यक्षमा दिनेश बम, सचिवमा प्रेमबहादुर सिंह, कोषाध्यक्षमा ईश्वरी कठायत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कृष्णबहादुर कार्की, प्रेम कटुवाल, निर्मल चौधरी, बागेश्वरी चटौत बिनाडी, शेरबहादुर चन्द, महादेव जोशी र धिरबहादुर थापा रहेका छन्।

मन्दिर निर्माण तथा व्यवस्थापन समितिले संरक्षकमा नगरप्रमुख नृपबहादुर वड, मन्दिरका पुजारी रामचन्द्र बिनाडीलाई राखेको छ । सल्लाहकार समितिमा भरतबहादुर सिंह र टेकेन्द्र देउवालाई राखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!