रत्नपार्क आउँदै गरेको बस दुर्घटना, ३ गम्भीर घाइते

काठमाडौं, चैत १२ । दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस मंगलबार दुर्घटनामा परेको छ। दुर्घटनामा परी घाइते भएका ३५ मध्ये ३ को अवस्था गम्भीर रहेको छ । ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए।

उनका अनुसार घाइतेहरूलाई मनमोहन र वयोधा अस्पतालमा उपचारको लागि पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको गरिएको छ। दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले भने,‘दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!