मुख खोले विप्लवले, नेपाल बन्द लगायत प्रतिरोधका कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारविरुद्ध आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले फासिवादी दमन शुरू गरेको भन्दै विप्लव समूहले चैत १३ गतेदेखि २४ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवको नामबाट सोमबार जारी प्रेस विज्ञप्तिमा आफ्ना नेता कार्यकर्तालाई तत्काल गर्न माग गरिएको छ । आफूले आह्वान गरेको बन्द सफल पार्दै सरकारविरुद्ध प्रतिकारमा उत्रन सबैलाई आह्वान गरिएको छ । हेर्नुस् विज्ञप्ति-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!