राजस्थानले पायो १८५ रनको चुनौती, आइपीएलमा गेलको ४ हजार रन पूरा

काठमाडौं, चैत ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा किंग्स इलाभेन पन्जाबले राजस्थान रोयल्सविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाउन सक्यो ।

उसका लागि क्रिस गेलले ४७ बलमा ७९, मयंक अग्रवालले २२, केएल राहूलले ४, निकोलस पुरनले १२ रन बनाए । यस्तै, सरफराज खान ४६ र मन्दीप सिंह ५ रनमा नटआउट रहे । बलिङमा राजस्थानका बेन स्टोक्सले २, धवन कुलकर्णी र कृष्णप्पा गौतमले एक–एक विकेट लिए । राजस्थानमा आजिक्य रहाणे र पञ्जाबमा रविचन्द्र आश्विन कप्तान छन् । आजको खेलमा कोकोले पाए मौका? हेर्नुस्–

पन्जाबः रविचन्द्र आश्विन (कप्तान), क्रिस गेल, लोकेश राहुल, मयंक अग्रवाल, निकालोस पुरन, मन्दीप सिंह, साम कुरन, मोहम्मद सामी, मुजीउर रहमान, सरफराज खान र कंकित राजपूत

राजस्थानः आजिक्य रहाणे (कप्तान), स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, सञ्जु स्यामसुम, राहुल त्रिपाठी, श्रेयस गोपाल, कृष्णप्पा गौतम, जयदेव उनदकट र धवल कुलकणी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!