राजनीतिक भेटघाटमा प्रचण्ड, एलिस वेल्ससँग विशेष छलफल

वाशिङ्टन डिसि, चैत ११ । परिवारकाे उपचारकाे क्रममा अमेरिका रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका छन् । गत साता नेपालका लागि पूर्व अमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि आज उनले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग भेट गरेका हुन् ।

प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसारप्र भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालकाे पछिल्लाे राजनीतिक अवस्थाकाे बारेमा चर्चा गर्दै नेपालल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासकाे स्थायी यात्रातर्फ अघि बढेकाे बताएका थिए । अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेकाे र द्वन्दकाे रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएकाे बताउँदै नेपालकाे विकासमा अमेरसकि सहयाेगकाे अपेक्षा गरेका थिए ।

भेटका क्रममा नेपालकाे शान्ति प्रक्रियाकाे उच्च प्रशंसा गर्दै एलिसले नेपालकाे विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयाेग गर्दै आएकाे र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खाेजेकाे बताए । प्रचण्ड पत्नि सीता दाहालकाे उपचारका लागि अमेरिकमा रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!