आइपीएलः राजस्थानविरुद्ध गेलको शानदार अर्धशतक

काठमाडौं, चैत ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्धको खेलमा किंग्स इलाभेन पन्जाबका क्रिस गेलले अर्धशतक पूरा गरेका छन् । उनले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले २ छक्का र ६ चौका प्रहार गरे । आज पन्जाबले टस हारेर ब्याटिङको मौका पाएको छ । राजस्थानमा आजिक्य रहाणे र पञ्जाबमा रविचन्द्र आश्विन कप्तान छन् । आजको खेलमा कोकोले पाए मौका? हेर्नुस्–

पन्जाबः रविचन्द्र आश्विन (कप्तान), क्रिस गेल, लोकेश राहुल, मयंक अग्रवाल, निकालोस पुरन, मन्दीप सिंह, साम कुरन, मोहम्मद सामी, मुजीउर रहमान, सरफराज खान र कंकित राजपूत

राजस्थानः आजिक्य रहाणे (कप्तान), स्टिभ स्मिथ, जोस बटलर, बेन स्टोक्स, जोफ्रा आर्चर, सञ्जु स्यामसुम, राहुल त्रिपाठी, श्रेयस गोपाल, कृष्णप्पा गौतम, जयदेव उनदकट र धवल कुलकणी

कमेन्ट गर्नुहोस्