डोटीका शिक्षा इकाई प्रमुख पौड्यालमाथि कालोमोसो

डोटी, चैत १० । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेको छ । संघका पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजय ओझाका अनुसार आइतबार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालोमोसो दलिएको हो ।

इकाई प्रमुख पौड्यालले जिल्लामा अनियमिता, भ्रष्टाचार र कानून विपरीत काम गरी रहेकाले कालोमोसो दलेको नेविसंघले जनाएको छ । साथै, संघले यसबारे डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई पटक–पटक यसबारे जानकारी गराउँदासमेत कुनै वास्ता नगरेकाे आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!