‘नेपाल आइडल’ रवि ओड सम्मानित

कैलाली, चैत १० । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड गृह प्रदेश सुदूरपश्चिममा सम्मानित भएको छन् । उनलाई कैलाली उद्योग बाणिज्य संघले पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्मान गरेको हो । आईतबार आइडल विजेतार रविलाई संघका अध्यक्ष पुष्पराज कुंवर लगायत पदाधिकारीले सम्मान गरेका हुन् ।

संघका अध्यक्ष कुँवरले आगामी वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा यहाँ रहेका प्रतिभालाई प्रोत्साहन स्वरुप सम्मान गर्दै जाने बताए । सम्मानपछि रविले यस्तो प्रोत्साहनले आगामी दिनमा अगाडि बढ्न हौसला मिल्ने बताए । उनले सुदूरपश्चिममा थुप्रै क्षमता भएका प्रतिभा रहेकाले उनीहरुलाई उचित स्थान दिनुपर्नेमा जोड दिए । आइडल घोषणा भएपछि रवि अहिले देश तथा विदेदेशका कार्यक्रममा निकै व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!