गायिका विष्णु माझीको ‘घाइते मुटु’ गीत बजारमा

काठमाडौं, चैत १० । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी ‘घाइते मुटु’ गीतको भिडियो बजारमा आएको छ ।

धनको पछि लागेर माया भुल्ने प्रेमी–प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ ।

आफूलाई अप्ठ्यारो परेको अवस्थामा भुल्दा मनमा विभिन्न किसिमको पीडा महसुस भएको कुरालाई गीतमा समेटिएको छ । आफनो प्रेमलाई छुटाएकोमा पीडा महसुस गरिएको गायक सुरजले बताए ।
मुकेश हुमाँगाईँको छायाँङकन, राजेश कुमारको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। निकै मार्मिक गीतको भिडियोमा चर्चित मोडल सारिका केसी, महेन्द्र गौत्तम, मानव, सरस्वती, सरिता र सगुनको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!