आइपीएलमा सुरेश रैनाको ५ हजार रन पूरा

काठमाडौं, चैत ९ । भारतीय क्रिकेटर सुरेश रैनाले इन्डियन प्रिमियर लिग (आइपीएल) मा ५ हजार रन पूरा गरेका छन् । आइपीएलमा ५ हजार पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् ।

रैनाले आज रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध १५ रन प्रहार गर्दै आइपीएलमा ५ हजार पूरा गरे । ३२ वर्षीय रैनाले ५ हजार रन पूरा गर्न १७७ म्याच खेल्नु पर्यो । उनी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेल्छन् । अहिलेसम्म यो क्रिकेट लिगमा रैनाले एक शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!