आइपीएलः धोनीको अगाडि विराटका सेना फेल, ७० रनमै ब्यंग्लोर अलआउट!

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) को उद्घाटन खेलमै तीन पटक फाइनलमा पुग्न सफल रोयल च्यालेन्जर्स ब्यंग्लोरले ३ पटक उपाधि जितेको चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ब्यंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।

उसका लागि पार्थिव पटेलले सर्बाधिक २९ रन बनाए । यस्तै, कप्तान विराट कोहली ६, एबी डी विलियर्स, मोइन अलि ९–९, कोलिन डी ग्रेण्डहोम, युजवेन्द्र चहल ४–४, शिवम दूवे, नवदिप सैनी २–२, उमेश यादव १, शिमरन हिटमायर शून्य रनमै आउट भए । बलिङमा चेन्नईका हरभजन सिंह, इमरान ताहिरले ३–३, रविन्द्र जडेजा र डीजे ब्रोबाले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!