आइपीएलः मुम्बईलाई लाग्यो झड्का, मलिंगाले ६ म्याच नखेल्ने

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सलाई ठूलो झड्का लागेको छ । स्टार बलर लसिथ मलिंगा शुरुवाती ६ खेलमा उपस्थित नहुने भएपछि बुम्बईलाई झड्का लागेको हो । आउँदो एकविदसीय विश्वकप अघि श्रीलंकाले प्रान्तीय प्रतियोगिता खेलाउने भएकाले मलिंगाले आइपीएलको शुरुवाती ६ खेल गुमाउने छन् ।

गत सिजनमा उनलाई आइएपीएलमा कुनै टिमले पनि किनेको थिएन । तर, यो पटक भने मुम्बईले मालिंगलाई आफ्नो टिममा समावेश गर्यो । मुम्बईबाट उनी ८ सिजन खेलेका छन् । आइएपीएलमा उनले ११० म्याचमा १५४ विकेट हासिल गरेका छन् । यसक्रममा मालिंगाको उत्कृष्ट प्रदर्शन ५÷१३ हो । यसका अलवा मालिंगाले आइपीएलमा २९२८ रन पनि प्रहार गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!