पकिस्तानद्वारा अष्ट्रेलियालाई २८१ रनको लक्ष्य, हरिसको पहिलो शतक

काठमाडौं, चैत ८ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तानले २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २८० रन बनायो ।

उसका लागि हरिस शोहेलले १०१ र इमाद वसीमले नटआउट २८ रन बनाए । यस्तै, इमाल उल हक १७, शान मसूद ४०, उमार अकमल ४९, कप्तान सोयव मलिक ११ र फहिम अश्रफ २८ रनमा आउट भए ।

बलिङमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, नाथन कलटर नाइलले दुई–दुई र नाथन लायनले एक विकेट लिए । ५ खेलको यो सिरिज यूएईमा भइरहेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!