साफ च्याम्पियनसिपः नेपाल फाइनलमा पराजित, भारत बन्यो पाँचौ पटक च्याम्पियन

काठमाडौं, चैत ८ । विराटनगरमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनलमा नेपाललाई १ ३ गोलले हराउँदै भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको हो । भारतको जितका लागि डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।

खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!