साफ च्याम्पियनसिपः नेपालविरुद्ध भारतको लगातार गोल !

काठमाडौं, चैत ८ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध भारतले ३-१ ले अग्रता बनाएको छ । पहिलो हाफमा १-१ को बराबरीमा रहेको खेलमा भारतले दोस्रो हाफको ६२औं र ७१ औं मिनेटमा गोल गर्दै भारतले ३ १ गोलको अग्रता बनाएको हो ।

पहिलो हाफमै अग्रता लिएको भारतसँगको खेलमा नेपालकी सावित्रा भण्डारीले बराबरीमा ल्याएकी थिइन् । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् । तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!