ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं, चैत ८ । ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासुरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्नुका साथै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरेका छन् । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाख रुपैयाँसम्मको बिनाधितो प्रोफेसनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!