अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछानेद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, चैत ७ । आगामी चैत्र २३ गते हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन।

संघको अधिवेशनमा अभिनेत्री लामिछानेले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी हुन् । लामिछाने विगत २ दशकदेखि चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा सक्रिय रहेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!