शिक्षा मन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौं, चैत ७ । स्वास्थ्यमा समस्या देखिएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । उनी बिहीबार अपराह्न पाटन अस्पताल भर्ना भएका हुन् ।

गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर्छ भनेपछि पाटन अस्पतालमा भर्ना हुनु भएको छ,’ मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ ।’

मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो तीन(चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!