यूरोकप छनोटः नेदरल्यान्ड्सद्वारा बेलारुस ४–० ले पराजित

एजेन्सी । यूरो कप छनोटअन्तर्गत समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। बिहीबार राति भएको खेलमा बेलारुस नेदरल्यान्ड्ससँग ४–० को भारी अन्तरले पराजित भएको हो।

पहिलो मिनेटमै मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाए। त्यस्तै खेलको २१ औँ मिनेटमा जिनी वाइन्यालडमले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफ २–० मा सकिएको खेलमा दोस्रो हाफमा नेदरल्यान्ड्सले थप दुई गोल गर्‍यो। खेलको ५५ औँ मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्‍याए।

यस्तै खेलको ८६ औँ मिनेटमा भर्जिल भ्यान डाइकले गोल गर्दै टोलीलाई ४–० को सहज जित दिलाए। समूह ‘सी’ कै अर्को खेलमा इस्टोनिया उत्तर आयरल्यान्डसँग २-० ले स्तब्ध हुन पुग्यो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!