आइपीएलः धोनीको चेन्नईलाई धक्का, स्टार बलर भए घाइते

काठमाडौं, चैत ७ । इन्डियन प्रिमियर लिग (आइपीएल) को १२औं सिजनको मुखैमा गत संस्करण विजेता ‘चेन्नई सुपर किङ्गस’ लाई ठूलो झट्का लागेको छ ।

स्टार बलर लुङ्गि एन्गिडी साईट स्ट्रेनको कारण पुरै प्रतियोगिताबाट बाहिरिएपछि महेन्द्रसिह धोनीको कप्तानीमा रहेको चेन्नेईलाई झट्का लागेको हो । एन्गिडी चेन्नईका महत्वपूर्ण सदस्य हुन् ।

उनले गत सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ७ खेल खेलेका लुङ्गिले ११ विकेट लिएका थिए । उनी प्रतियोगिताबाट बाहिरिएपछि चेन्नेईले लुङ्गिको ठाउँमा कसलाई मौका दिने भन्नेबारे कुनै निर्णय गरेको छैन। आउँदो शनिबारबाट सुरु हुने आइपीएलमा चेन्नेईले प्रतियोगिताको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरको सामना गर्दैछ ।

आईसीसी वेबसाईटमा जनाइए अनुसार दक्षिण अफ्रिकाका तीब्र गतिका यी बलर श्रीलंका विरुद्धको खेलमा चोटग्रस्त भएका हुन् । एन्गिडीलाई अगामी विश्वकप मध्यनजर गर्दै करिब ४ हप्ताको आराम दिइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!